१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमाकाठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो।

जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकाल्यो। बिहीबार काठमाडौँलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसअघि उसले लगातार चार खेलमा जित निकालेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो।

अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा पुग्दा शीर्ष चारमा रहने पनि पक्का भयो। यता आजको खेलमा पराजित भएसँगै काठमाडौँको प्लेअफ सम्भावना भने कठिन भएको छ। काठमाडौँले पाँच खेलमा तीन खेलमा हार बेहोरिसकेको छ। अब उसलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नु पर्ने अवस्था छ।

बिहीबार काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १५।५ ओभरमा पूरा गर्‍यो। जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे।

जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख २ रन र कप्तान अनिलकुमार साह ११ रनमै आउट भए। अर्का ओपनर लाहिरू मिलन्थाले पनि १६ रन मात्र जोड्न सके। आसिफ र लाहिरूको विकेट काठमाडौँका कप्तान करण केसीले लिए। अनिललाई काठमाडौँका दिपेश कडेँंलले एलबिडब्लूको धरापमा पारे।

शुभ कंसाकार ५ रनमा आउट हुँदा जिमी निशमले १७ रनमा २७ रन जोडे। निशमले १ चौका र ३ छक्का प्रहार गरे। बलिङमा काठमाडौँका कप्तान करण केसीले २ विकेट लिए।

त्रिवि मैदानको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं तीन बल खेल्न बाँकी छदा १०१ अलआउट भएको थियो। काठमाडौँको ब्याटिङ कुनै पनि बेला पनि सम्हालिन सकेन। ओपनरद्वय माइकल लेभिट ८ रन र स्टेफन इस्किनाजी १७ रनमा आउट भए।

लेभिट तेस्रो ओभरमा जनकपुरका किशोर महतोको बलमा मोहमद मोहसिनबाट क्याच भए। इस्किनाजी सातौँ ओभरमा ललितनारायण राजवंशीको एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरमा भीम सार्कीलाई चार रनमा मोहमद मोहसिनले आउट गरे।

मोहसिनबाट आउट भएका गेरार्ल्ड इरासमसले २० रन जोड्न सके। त्यसपछि सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६ रनमा आउट भए। अन्तिम ओभरको पहिलो बलमा शेर मल्लले काठमाडौँका कप्तान करण केसीलाई १९ रनमा आउट गरे। दुई बलपछि दिपेश कँडेल पनि क्याच भए।

बलिङमा जनकपुरका ललितले ३ विकेट लिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन्। यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे। किशोर महतोले १ विकेट लिए। उनले पनि जारी प्रतियोगिता आफ्नो विकेट संख्या १० पुर्‍याइसकेका छन्।