काठमाडौँ । त्रिवि सेवा आयोगले नयाँ शिक्षक र कर्मचारी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगका अनुसार खुला, आन्तरिक, बढुवा सबै तहमा विज्ञापन खुलाउन लागिएको हो ।
त्रिविको कार्यकारी परिषद्बाट कति शिक्षक कर्मचारी आवश्यक पर्ने हो सो को विवरण आएपछि विज्ञापन खुलाउने अध्यक्ष आयोगको भनाई छ ।
कार्यकारी परिषद्ले निर्णय गरे लगत्तै विज्ञापन खुलाइने छ ।