काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अनिवार्य अवकाश भएका छन् ।
एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाश गएका हुन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । किरण बज्राचार्य पुस १६ मा अवकाशमा जाँदै छिन् ।







