काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापालाई दोषी ठहर गरेको छ ।
आइतबार न्यायायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह र रामबहादुर थापाको इजलासले ३३ करोड ९३ लाख शुद्धीकरण गरेको ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । ।
उनीहरूको सजाय निर्धारणका लागि पुस २२ गतेलाई पेसी तोकिएको छ ।