२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

अ+ अ-

हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सीमित स्रोतसाधनका बीच पनि उनको सफल शल्यक्रिया भएको हो ।

सिमकोट गाउँपालिका-२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएका स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा. हेमविक्रम शाहीले बताए । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी उनको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो । 

शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा. शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको जानकारी दिए।

अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । परियारका श्रीमान लभ परियारले भने, “चिकित्सकले सुत्केरीको अवस्था जटिल भएकाले नेपालगञ्ज वा सुर्खेत लैजान भन्नुभएको थियो । आर्थिक अभावका कारण जिल्लाबाहिर लैजाने अवस्था थिएन । पछि यहाँका डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीले सफल शल्यक्रिया गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु ।” परियारले दुई जुम्ल्याहा छोरी जन्माएकी छन् । जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।