१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा टिकटक बन्द

अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।

अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी काँग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिबन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।

टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो-व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।

अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक कार्यकारी आदेशमार्फत प्रतिबन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरूले टिकटक प्रतिवन्धबारे विभिन्न उपायहरू अघि सारे ।

त्यसपछि एउटा कानून पारित भएर टिकटकलाई विक्री गर्न वा प्रतिबन्ध खेप्न बाध्य हुने अवस्थामा पुर्‍याएको हो ।

तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धलाई केही समय धकेल्ने संकेत गरेका छन् । हिजो एक अन्तरवार्तामा उनले आफू पदासिन भएपछि टिकटकलाई तीन महिना समय दिन सक्ने बताए ।

ट्रम्पले सोमबार राष्ट्रपतिको दोस्रो कार्यकालका लागि शपथग्रहण गर्दै छन् । त्यसलगत्तै उनले टिकटकबारे नयाँ घोषणा गर्ने दाबी गरिएको छ । कानुनतः उनीसँग विक्रीका लागि तीन महिना थप समय दिने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस