७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : सुशासनको पक्षमा काम गर्दा सरकारबाट हटाइयो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।

गोरखा नगरपालिका–८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले सरकार ढाल्न दिनरात प्रयास गरेको बताए ।

भ्रष्टाचारमा संलग्न रहेका जो कोहीलाई कारबाही गर्छु भन्दै अडान लिएर अघि बढेपछि आत्तिएर आफू नेतृत्वको सरकार ढालिएको उनको भनाइ थियो ।

उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत जनताको सेवा गर्न खोजेको चर्चा गरे । त्यसैकारण बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको उनले दोहोर्‍याए ।

‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारबाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो ।’

राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औँल्याउँदै उनले गोरखामा समग्र विकासका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस