काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्।
बाँकी रहेका दुई प्रदेशको मतगणना सकिँदा ७३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएका हुन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्राप्त गरेको मत सार्वजनिक हुन बाँकी छ।
सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकटका हुन्।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए। उनले ५९६ मत प्राप्त गरेका थिए। मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याएका थिए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो।