काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निश्चित गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गर्दै, नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि श्री सुदूरपश्चिम पृतना हे. क्वा. कैलालीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ।
हेर्नुहोस् आयोगद्वारा जारी सूचना :

