२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल निजामती कर्मचारी संगठन र आगामी कार्यभार

अ+ अ-

नेपालको निजामती क्षेत्रको पहिलो, ठूलो, शक्तिशाली ट्रेड युनियनको रूपमा स्थापित संस्था हो नेपाल निजामती कर्मचारी संगठन । नेपालमा बहुदलीय व्यवस्थाको स्थापनासँगै पेसाकर्मीहरूको हक, हित, अधिकारको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका खातिर बि.स. २०४७ वैशाख ७ गते काठमाण्डौं बबरमहल टेनिस कोर्टबाट नेपाल निजामती कर्मचारी संगठनको स्थापना भएको कुरा सर्वविदितै छ। २०४७ सालमा १० दिन र २०४८ सालमा ५६ दिन संगठनले सञ्चालन गरेको कर्मचारी आन्दोलनको बलमा नेपालको निजामती प्रशासनले विभिन्न उपलब्धी हाँसिल गरेको छ। बि.स. २०६२/०६३ को जनआन्दोलनमा संगठनको संलग्नता हामी सबैका सामु जग जाहेर नै रहेको छ।नेपाल निजामती कर्मचारी संगठन बि.सं. २०६४ पौष १८ मा निजामती क्षेत्रको राष्ट्रिय स्तरमा पहिलो ट्रेड युनियनको रूपमा दर्ता भएको इतिहास हाम्रो सामु प्रष्ट रहेको छ।

त्यसैगरी ऐतिहासिक रूपमा बि.सं. २०७३ जेष्ठ १९ गते भएको पहिलो आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले प्रथम स्थान हाँसिल गरेको थियो।संगठनको नेतृत्वमा २४ घ (१) बढुवा व्यवस्थापन, सावधिक जीवन बीमा कार्यक्रम, निजामती अस्पतालको स्थापना, निजामती आवास र विद्यालयको स्थापना, निजामती कर्माचारीहरुले पोशाक प्राप्ति, ट्रेड युनियनमा संगठन दर्ता, केन्द्रीय भवन निर्माणको लागि जग्गा प्राप्ति र शहीद मनोज-झपेन्द्र स्मृति केन्द्रीय भवन निर्माण, ट्युइप्सको बाह्रौँ कंग्रेसको व्यवस्थापन, एक दिनको तलब बराबरको एक ग्रेड व्यवस्थापन, आधिकारिक ट्रेड युनियनको निर्वाचनमा संगठनको श्रेष्ठता, सदस्यसँग कर्मचारी कल्याण कोष, सहकारिताको माध्यमबाट राष्ट्रसेवक सहकारीको प्रवर्धन गर्दै पूँजी निर्माण र परिचालनमा सफलता, करारमा कार्यरत कर्मचारीहरूको बिदा लगायतको सुविधाहरूको व्यवस्था, कर्मचारी सञ्चय कोषबाट थप औषधोपचार सुविधा, नागरिकसँग नेपाल निजामती कर्मचारी संगठन अन्तर्गत नागरिक सेवा जस्ता महत्त्वपूर्ण उपलब्धि हाँसिल भएको छ ।

“संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०८१ माघ ३० र फागुन १ गते काठमाडौंमा ऐतिहासिक बाह्रौँ महाधिवेशन सम्पन्न हुन गइरहेको छ । उक्त महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पेशागत आन्दोलनको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन, आधिकारिक ट्रेड युनियनको समीक्षा, एघारौँ राष्ट्रिय अधिवेशनका कार्यभारहरूको समीक्षा, संगठनले प्राप्त गरेका महत्त्वपूर्ण उपलब्धिहरू, अबका दिनमा संगठनले गर्नुपर्ने महत्त्वपूर्ण कार्यभारहरूका बारेमा छलफल र बहस गर्दै महत्त्वपूर्ण निष्कर्षहरू निकाल्दै नयाँ नेतृत्व सहित सम्पन्न हुन गइरहेको छ ।

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको र समितिमा दफावार रूपमा छलफल भइरहेको विद्यमान अवस्था रहेको हुँदा यो विधेयकलाई तीनै तहलाई सम्बोधन हुने गरी कर्मचारीमैत्री बनाउन विशेष ध्यान पुर्‍याउनु जरुरी छ।उत्प्रेरित कर्मचारीबाट मात्र सार्वजनिक सेवा प्रवाह गुणस्तरीय र प्रभावकारी हुने भएकोले संघीय निजामती सेवा विधेयकतर्फ राज्यले विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती विधेयकमा उठाएका मुद्दाहरूलाई स्थापित गर्न लागि रहने छ । सरकारबाट हालै आह्वान भएको संसद अधिवेशनबाट कर्मचारीमैत्री र सेवाग्राहीमैत्री सङ्घीय निजामती सेवा ऐन पारित हुने कुरामा संगठन विश्वस्त रहेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका आगामी कार्यभार
नेपाल निजामती कर्मचारी संगठनले स्थापनाकालदेखि आफ्ना माग मुद्दालाई स्थापित गर्दै निजामती क्षेत्रमा क्रियाशील रहिरहेको छ।संगठनको अगुवाइमा ट्रेड युनियन अधिकार प्राप्ति, सन्तती छात्रवृत्तिको व्यवस्था, एकै पटक २५ प्रतिशत तलब वृद्धि, असाध्य रोग लाग्दा थप ५ लाख सम्म आर्थिक सुविधा, निजामती सेवामा समावेशीकरणको अवधारणा, बढुवा प्रणालीमा सुधार, श्रेणी विहीन कर्मचारीमा स्तर वृद्धि, महिला विकासका कर्मचारीलाई स्थायी गर्ने व्यवस्था, ६८ जिल्लामा सहकारी स्थापना, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन, सबै पदमा समान रूपमा तलब वृद्धि, निजामती सहिद घोषणा लगायत थुप्रै महत्त्वपूर्ण उपलब्धिहरू हाँसिल भएका छन्।यसका अतिरिक्त संगठनले आम निजामती क्षेत्रलाई थप व्यवस्थित गर्ने साथै संगठनको आन्तरिक जीवनलाई प्रभावकारी र थप ऊर्जावान् बनाउन तपशील बमोजिमका कार्यभारहरू रहेका छन् :

१. कर्मचारीहरूको हक, हित र अधिकारको संरक्षण
-निजामती कर्मचारीहरूको पारिश्रमिक, भत्ता, र सेवाका अन्य सुविधाहरूमा वृद्धि सुनिश्चितताका लागि पहल गर्ने
-कर्मचारीहरूको सुरक्षा, सम्मान, र मर्यादालाई संस्थागत बनाउने।
-सेवा निवृत्त कर्मचारीहरूका लागि पेन्सन, स्वास्थ्य सेवा र अन्य राहतको व्यवस्था प्रभावकारी बनाउ पहल गर्ने।
-संगठनका आम सदस्यहरूलाई सांगठनिक कार्य संस्कृति, ट्रेड युनियनको मूल्यमान्यता र प्रतिबद्धता स्थापित गराई लागु गर्नुपर्ने ।
-कर्मचारीको कार्यस्थल र कार्य वातावरण सुरक्षित गराई कर्मचारीको उच्च मनोबल बनाउन संगठनको तर्फबाट ठोस योजना निर्माण गरी सरकार समक्ष प्रस्तुत गर्ने ।

२. निजामती सेवामा सुधार र आधुनिकीकरण
-डिजिटल प्रशासनलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने ।
-विद्युतीय शासनको पूर्ण रूपमा प्रयोग गर्नुपर्ने ।
-सेवा प्रदान गर्ने प्रक्रियालाई पारदर्शी, छरितो र जनमुखी बनाउन सहकार्य गर्ने।
-दक्ष जनशक्ति विकासका लागि सीप, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने।
-विद्यालय र विश्वविद्यालय तहमा सार्वजनिक सेवा प्रवेशको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने।
-शीघ्र सेवा र तिव्र विकासको जनआकांक्षा पुरा गर्न आम कर्मचारीमा सुशासन अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने।
-सार्वजनिक प्रशासनमा सुशासन प्रवर्धन गर्न सरकारलाई सुझाव प्रस्तुत गर्ने ।
-निजामती सेवा रोजगारीको महत्त्वपूर्ण क्षेत्र भएता पनि यसले आशातीत रूपमा श्रम बजारमा रहेका मेधावी र उत्कृष्ट प्रतिभा आकर्षित गर्न सकेको छैन संगठनको तर्फबाट यस सम्बन्धी उपयुक्त व्यवस्था सहित सरकारलाई ठोस सुझाव प्रस्तुत गर्ने।
-निजामती सेवाबाट प्रवाह गरिने नागरिक सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउन संगठनको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ।


३. कानुनी र नीतिगत सुधारका लागि पहल
-राजनीतिक हस्तक्षेपको अन्त्य गर्न र स्वतन्त्र प्रशासनिक प्रणाली निर्माणका लागि आवाज उठाउने।
-प्रशासनिक रूपमा प्रतिबद्ध कर्मचारीतन्त्र संयन्त्रको निर्माणमा जोड दिने।
-प्रशासनिक विकेन्द्रीकरण र स्थानीय तहसँग समन्वयमा काम गर्ने नीति अवलम्बन गर्नुपर्ने।
-कर्मचारी र ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गराउन पहल कदमी गर्नुपर्ने।
-ट्रेड युनियनको मूल्यमान्यता, मर्म र भावना तथा ऐन कानुनले दिएको अधिकारको प्रयोग गरी आम कर्मचारीको पक्षमा क्रियाशील रहने वातावरण निर्माण लागि संगठनको तर्फबाट नीतिगत मार्ग निर्देश गर्ने।
-संगठनका सूचनाहरू आम सदस्यहरू समक्ष पुर्‍याउन योजना सहित नेगो एप्स तयार गरी लागु गर्नुपर्ने।
-भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै निरोधात्मक र उपचारात्मक उपायहरू अवलम्बन गर्ने कार्यमा जोड दिने।
-लक्ष्य सहितको संगठन विस्तारलाई जोड दिँदै नवप्रवेशीहरुलाई संगठनप्रति आकर्षित गराउने योजना निर्माण गर्ने।
-संगठनका आन्तरिक गतिविधिहरू कार्यालय समयलाई असर नपर्ने गरी सञ्चालन गर्ने नीति अवलम्बन गर्ने ।

४.कर्मचारीहरूको मनोबल अभिवृद्धि
-कार्य वातावरण सुधार्न कर्मचारी र व्यवस्थापनबिच सहकार्य गर्ने।
-कर्मचारीहरूको पेशागत सुरक्षाका लागि उचित कदम चाल्ने।
-महिला, दलित र पिछडिएको वर्गका कर्मचारीहरूलाई विशेष अवसर र सम्मान प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्ने। 
-सदस्यता वितरण र बिस्तारसँगै कर्मचारी कल्याण कोष कार्यक्रमको बारेमा आम सदस्यहरूलाई प्रशिक्षित गर्दै सबै सदस्यहरूमा कल्याण कोष कार्यक्रम लागु गर्नुपर्ने।
-सहकारी स्थापना हुन बाँकी जिल्लाहरूमा तत्काल राष्ट्रसेवक सहकारी संस्था स्थापना गरी राष्ट्रसेवक सहकारी केन्द्रीय संघ स्थापनाको लागि आवश्यक पहल गर्नुपर्ने ।
-राष्ट्रसेवक सहकारी मार्फत सेवा निवृत्त कर्मचारीका लागि सामाजिक सुरक्षाको प्रत्याभूति र एकीकृत लगानी मार्फत रोजगारीको अवसरको सृजना गर्ने ।
-सञ्चय कोषबाट सञ्चयकर्ताको लगानीमा निर्माण गरिने महत्त्वपूर्ण आयोजनाहरूमा सबै सञ्चयकर्ताको स्वामित्व कायम हुने गरी नीति निर्माण गर्न सञ्चय कोषमा थप सुझाव दिनुपर्ने।

५. सघीय संरचना अन्तर्गत भूमिका स्पष्टता
-शासकीय संरचना अनुरूप कर्मचारी संयन्त्रको परिचालन र व्यवस्थापनमा सहयोग पुर्‍याउने।
-प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको समस्या समाधानमा भूमिका निर्वाह गर्ने।
-संघ, प्रदेश र स्थानीय तहमा एकै प्रकृतिको पदसोपान हुने गरी तहगत प्रणाली लागु गर्नुपर्ने।
-वैदेशिक सम्बन्ध विस्तार गर्दै अन्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनको अनुभव र सिकाइबाट संगठनलाई थप प्रभावकारी र सम्वृद्ध बनाउन आवश्यक रहेको छ ।

६. आन्दोलन र सहकार्य
-कर्मचारी अधिकारको हनन भएमा आवश्यक परे आन्दोलन सञ्चालन गर्ने।
-सरकार र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै दिगो समाधान खोज्ने।
-आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न सरकारलाई माग राख्ने र त्यसको तयारीको लागि कार्यक्रम तय गर्ने।
-नागरिकसँग नेपाल निजामती कर्मचारी संगठनको अभियान सञ्चालन गर्ने।
-संगठनको नेतृत्व र आम संगठकबीचको दोहोरो संवाद र सम्पर्कको कार्यक्रम राख्ने।
-संगठनले राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको माग गरिरहेको छ।त्यसैले संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अग्रज संगठनको व्यवस्थापनमा ध्यान दिने।
-परिवर्तन व्यवस्थापन, द्धन्द व्यवस्थापन, प्रतिभा व्यवस्थापन लगायतका कर्मचारी प्रशासनका नयाँ अवधारणालाई अँगाल्न सरकारसँग सहकार्य गर्नुपर्ने ।

अन्त्यमा,
नेपाल निजामती कर्मचारी संगठनसँग विभिन्न समस्या, चुनौती र सम्भावनाहरू विद्यमान रहेका छन्। संगठनमा ४०,००० (चालिस हजार) सदस्यहरूको गुनासो सुनुवाइ र जिम्मेवारी व्यवस्थापन गर्दा सदस्यको भावना बमोजिम कार्य सम्पादन गर्नुपर्ने दायित्व पहिलो सशक्त, जुझारु संगठनको नाताले हाम्रो काँधमा आएको छ। ट्रेड युनियन अधिकारको व्यवस्थापन, जीविकोपार्जनयोग्य तलबमान कायम गर्दै सामाजिक सुरक्षायुक्त निजामती प्रशासन, जनताको चाहाना अनुरूप शीघ्र र पारदर्शी निर्णय प्रणाली, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाह, वार्ता, संवाद, छलफल र सौदाबाजी गर्ने र शान्ति, समृद्धि र सुशासनको पक्षमा क्रियाशील भरपर्दो आधिकारिक ट्रेड युनियनको निर्माण गर्दै संगठनको हस्तक्षेपकारी भूमिकालाई स्थापित गर्ने विषयमा संगठनको ध्यान केन्द्रित हुन आवश्यक रहेको छ ।

सम्बन्धित : नेपालको निजामती सेवामा ट्रेड युनियन अधिकार र यसको आवश्यकता