९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने

अ+ अ-

मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाडपर्वको संरक्षण गरिने बताएका छन् ।

आज नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माझी जातिको प्रमुख चाडका रूपमा रहेको लदी (कोसी)पूजाको दिन सार्वजनिक बिदा माग गर्दै ज्ञापनपत्र बुझाउन आएको टोलीसँग उनले सबै भाषा धर्म र चाडपर्वको आफ्नै महत्त्व रहेको बताए । 

उनले यहाँ बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये माझी जातिको छुट्टै भाषा, धर्म र संस्कार संस्कृति भएको उल्लेख गर्दै बिदाको सन्दर्भमा सल्लाह गरेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रत्येक वर्षको फागुनको साइली मंगलबार पर्ने लदि (कोसी) पूजा यस वर्ष आगामी फागुन २० गते पर्न गएको छ । 

नेपाल माझी उत्थान संघ केन्द्रीय अध्यक्ष चिनीमाया माझी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष माझीले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै देश संघीय संरचनामा रहेको सन्दर्भमा प्रदेश सरकारले माझी समुदायको मागलाई सम्बोधन गरिदिन अनुरोध गरे । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा एक लाख एघार हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेको छ । नेपालमा रहेका माझीहरूको कुल जनसङ्ख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ अर्थात् कुल जनसङ्ख्याको ३७.४२ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस