काठमाडौँ । नेपाली सेनाका उपरथी याम प्रसाद ढकाल (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
उपरथी ढकालले आजदेखि कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

