काठमाडौँ । बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् ।
आईएमई लाइफ इन्स्योरेन्सले सेयर धनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
दुई कम्पनीका सञ्चालक समिति बैठकले सेयर धनीलाई लाभांश घोषणा गरेका हुन् । बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृत पश्चात् यी कम्पनीका सेयर धनीले लाभांश पाउने छन् ।