काठमाडौँ । नेपाल प्रहरीका हालै नयाँ नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका १८ सय ४४ जना प्रहरी जवानहरूको पदस्थापन गरिएको छ ।
प्रहरी उपरीक्षक (एसपी)को माघ ४ गतेको निर्णय अनुसार माघ ६ गतेबाट लागू हुने गरी एक हजार ८ सय ४४ जना प्रहरी जवानहरूको पदस्थापन गरिएको हो ।
प्रहरी जवानहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता एवम् राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।