९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मह जोडीद्वारा यूएसएडको रकम लिएर हिन्दु धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन

अ+ अ-

काठमाडौँ । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको रकम लिएर हिन्दु धर्मविरुद्ध प्रचार गरेको भन्ने आरोपको खण्डन गरेका छन्।

आज एक भिडियो सन्देश जारी गर्दै मह जोडीले आफूहरूमाथि लगाइएका आरोपहरू आधारहीन भएको बताएका छन्। मदनकृष्ण श्रेष्ठले आफूहरू धर्म विरोधी गतिविधिमा संलग्न भएको भन्ने प्रचारप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै भने, “हामीले सबैलाई आफ्नै सम्झन्छौँ, हितैषी सम्झन्छौँ। तर, हितैषीहरूकै मुखबाट यस्तो निराधार आरोप सुन्दा दुख लाग्यो। संसारमा राम्रा र नराम्रा दुवै कुरा छन्। हामीले सधैँ राम्रा पक्ष मात्रै छानेर काम गर्दै आएका छौँ।”

यसैगरी, हरिवंश आचार्यले आफूहरूले कुनै पनि धर्म सम्प्रदायलाई चोट पुर्‍याउने उद्देश्य नराखेको प्रस्ट्याउँदै भने, “हामीले सनातन हिन्दु धर्म, बौद्ध धर्म वा कुनै पनि धार्मिक आस्थाविरुद्ध बोलेका छैनौँ। न त कुनै धर्म परित्याग गर्न उक्साएका छौँ। यो सबै अनर्गल प्रचार मात्रै हो।”

आचार्यका अनुसार, “हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने लगायतका सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरूमा काम गरेका छौँ। ती सबै कार्यक्रमहरू युट्युबमा उपलब्ध छन्, जसले हामीले के गरेका छौँ भन्ने प्रमाण दिन्छ।”

त्यस्तै, आचार्यले विगतका सन्दर्भ तोडमोड गरेर अहिले सनातन धर्म विरोधी आरोप लगाइएको उल्लेख गर्दै थपे, “हामीले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्ध’ भन्ने कार्यक्रम गरेका थियौँ। त्यहाँ एक जना पण्डित पात्रको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको थियो। अहिले त्यही कार्यक्रमको एउटा टुक्रा निकालेर हाम्रो धर्म विरोधी गतिविधि भनेर प्रचार गर्नु कपोलकल्पित कुरा हो।”

उनले व्यङ्ग्य कसैलाई पनि गर्न सकिने उल्लेख गर्दै भने, “पण्डित हुँदैमा कोही भगवान् हुँदैन। म आफैँ पनि पण्डितको छोरो हुँ। व्यङ्ग्य भनेको नेता, प्रहरी, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ। त्यसैले व्यङ्ग्यलाई गलत अर्थ नलगाइदिनुहोस्।”

मह जोडीले नेपाली जनतालाई भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, “हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ। यस्तो निराधार प्रचारले हामीलाई हतोत्साहित गर्न सक्दैन। नेपाली जनतालाई पनि यस्ता भ्रामक कुरामा विश्वास नगर्न अनुरोध गर्दछौँ।”

प्रतिक्रिया दिनुहोस