काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भएका हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ ढुंगेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ मध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रुपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
हाल पक्राउ गरेका आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।