काठमाडौँ । मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ ।
डीबीएसका अवकासउन्मुख प्रमुख पियुष गुप्ताका अनुसार चार हजार जनाको जागिर कटौती भएता पनि एआईमा जोडिने नयाँ एक हजार जागिर जोडिने बताएका छन् ।
एआईले मान्छेको जागिर कसरी खोस्छ भनेर पहिलो पटक सार्वजनिक गर्ने एक प्रमुख बैंकको रूपमा डीबीएसलाई लिइएको छ ।
यद्यपि, एआईले बैंकका स्थायी कर्मचारीहरूलाई भने विस्थापन नगर्ने बताइएको छ । सन २०२४ मा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार एआईले विश्वका ४० प्रतिशत जागिर धरापमा पार्नेछ ।