काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले एकै दिन १ सय १५ जनालाई जरिबाना तिराएको छ ।
बुधबार महानगर प्रहरीले सार्वजनिक गरेको मंगलबारको जरिबाना विवरण अनुसार काठमाडौँ महानगरभित्र सहरी सुव्यवस्था कायम गर्न भन्दै विभिन्न शीर्षकमा २ लाख ६३ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो ।्
महानगरले ८८ वटा अनधिकृत पार्किङ गरिएका दुई पाङ्ग्रे सवारीसाधनलाई ८८ हजार रुपैयाँ जरिबाना तिराएको हो । यस्तै अनधिकृत पार्किङ गरिएका ७ वटा चार पाङ्ग्रे सवारीसाधनलाई २० हजार रुपैयाँ तिराएको छ ।
यस्तै जथाभाबी फोहोर गर्ने १८ जनालाई कारबाही गर्दै १ लाख २५ हजार रुपैयाँ जरिबाना गरेको छ । सडक पेटी अतिक्रमण गरी निर्माण सामग्री राख्ने एक जनालाई १५ हजार रुपैयाँ, सडक पेटीमा सवारीसाधन राखी व्यापार गर्ने एक जनालाई महानगरले १५ हजार जरिबाना गरेको हो ।