बझाङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्याय छन् ।
विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।