काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार बैठकमा समसामयिक विषयबारे छलफल भइरहेको छ ।