काठमाडौँ । एक जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित दुई उपसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले बझाङका सिडिओ ओमप्रसाद भट्टराईलाई मन्त्रालयमा ल्याउँदै, मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई बझाङको सिडिओको जिम्मेवारी दिएको छ।
गृह मन्त्रालयले बुधबार (हिजो) मात्रै सात जिल्लाका सिडिओसहित १३ अधिकारीको सरुवा गरेको थियो।
सम्बन्धित समाचार : सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा
पछिल्ला दिनहरूमा गृह मन्त्रालयले एकै पटक ठूलो समूह सरुवा गर्नेभन्दा क्रमशः एक–दुई जनाका दरले कर्मचारी अदल–बदल गर्ने रणनीति अपनाएको देखिन्छ। यसले सरुवाको विषयमा धेरै चर्चा नहुने र प्रशासनिक तथा राजनीतिक दबाब पनि कम रहने अधिकारीहरूको भनाइ छ।