८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङलाई हटाएपछि विद्युत् प्राधिकरण अगाडि सुरक्षा सतर्कता कडा

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता कडा पारिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो।

घिसिङलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनले प्रदर्शन गरेको छ। मंगलबार बिहान प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङको हटाइप्रति कडा आपत्ति जनाएका छन्। सत्तारूढ दल नेपाली काँग्रेसभित्रै पनि यस विषयमा चर्को असन्तुष्टि देखिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमै घिसिङलाई हटाउने निर्णयको विरोध गरेका थिए। त्यस्तै, काँग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले समेत सरकारको निर्णयको आलोचना गर्दै सार्वजनिक असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस