काठमाडौँ । पूर्वमुख्यसचिव दामोदर गौतमको निधन भएको छ । उपचारको क्रममा मेडिसिटी अस्पतालमा गौतमको आज बिहान मृत्यु भएको हो ।
८७ वर्षीय गौतमलाई कलेजोमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका गौतम अमेरिकाको राजदूतसमेत भएका थिए