काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।
महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्ने गरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईँ हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए ।
सम्बन्धित समाचार : प्रशासकीय अधिकृतलाई रोक्ने नगर प्रहरीको प्रयास असफल, कर्मचारी र जनप्रतिनिधिले गराए कार्यालय प्रवेश
सम्बन्धित समाचार : प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, ढोकाको सिसा फुट्यो
सम्बन्धित समाचार : उपमेयर डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक जारी
सम्बन्धित समाचार : प्रशासकीय अधिकृत गुरागाईँले सम्हाले जिम्मेवारी
उनी हाजिर गर्न पुगे लगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै कार्यकक्षसम्म पुर्याएका थिए ।
सम्बन्धित समाचार : ढोकाको सिसा फुटेपछि आक्रोशित बने राजु पाण्डे, आफ्नो ठाउँमा बसेर काम गर्न कर्मचारीलाई चेतावनी
सम्बन्धित समाचार : ‘भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखायो’ : बालेनको सचिवालय
त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि बालेन रुष्ट, कर्मचारी र जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी







