६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेट

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा. डनिएल्ले मोन्टेलियोन म्याउलीबीच आज भेटवार्ता भएको छ ।

भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । स्वीजरल्यान्डका राजदूत डा. म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्द्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिए ।

उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्द्धन गर्ने आशा व्यक्त गरे । नेपालसँगको दौत्य सम्बन्ध लामो रहेको चर्चा गर्दै उनले संघीयतापछि पहिलो पटक कोशी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न पाएकामा खुसी पनि व्यक्त गरे । 

राजदूत म्याउलीले  शासकीय सुधार, सुशासन प्रवर्द्धन र प्रविधिमैत्री कोशी प्रदेश निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको नेतृत्वसँग काम गर्न सहजता भएको उल्लेख गरे । प्रदेश सरकारको लक्ष्य र उद्देश्य एवं प्राथमिकताप्रति उनले प्रशंसा गरे ।

सो अवसरमा राजदूत म्याउलीले निजी क्षेत्रको सहकार्य वृद्धि, व्यावसायिक सीपको प्रवर्द्धन र पर्यटनको विभित्र योजनामा सहयोग गर्ने वचन दिए । भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै स्वीस सरकारले पदमार्ग, आर्थिक समृद्धि सुशासन, शासकीय सुधारमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले राजस्व वृद्धि गर्ने गरी काम गर्न सुरु गरिएको र यसले प्रदेशको विकासमा स्रोत जुटाउनको लागि सहयोग पुग्ने धारणा राखे । उनले प्रदेश सरकारले गरेको सुशासनका कार्यसँगै विकास निर्माण र पर्यटन क्षेत्रमा सहयोग गर्न स्वीस राजदूतलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस