काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार अर्घाखाँची जाँदै छन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि उनी पाणिनी गाउँपालिका अर्घाखाँचीमा जना लागेका हुन् ।
उनी काठमाडौँबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । त्यसपछि फर्किएर काठमाडौँमा नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्नेछन् ।