काठमाडौँ । पछिल्ला केही दिन देखि देशभरको मौसममा बदली आएको छ । पहाडी भू-भागका केही स्थानका मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ भने हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।
काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा भएको बदलीसँगै आकाश धुम्म र कालो बादलले भरिएको छ । घाम नलागेका कारण तापक्रम पनि घटेर चिसो अनुभव भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाडौँ उपत्यका सहित आसपासका केही ठाउँहरूमा छिटफुट वर्षा भइरहेको छ ।