६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।

गणतन्त्र र संघीयता विरोधी हरकतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताए । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अव पनि दिइने छ ।’

उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए । इन्चार्ज राईले भने, ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुने । हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौ । हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौ । उनले दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको बताए । उनले भने, एमालेले आयोजना गरेको विशाल सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको छ ।’

स्थायी कमिटी सदस्य समेत रहेका राईले मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वयंमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।

यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको छ । स्वयंसेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस