६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली र देउवाबीच छलफल

अ+ अ-

काठमाडौँ । सत्तागठबन्धनभित्र संशय उब्जिने बोली व्यवहार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् ।

बालुवाटारमा करिब एक घण्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरूप कार्यशैली नभइरहेको भनी आएका टिप्पणीबीच कुराकानी भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले काँग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

‘विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरूमार्फत नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवै नेताहरूले सम्भवतः छिटै संयन्त्रमार्फत विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ ।’

संयन्त्रको बैठक केही दिनभित्रमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् । नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएसँगै एमाले र काँग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस