काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पूर्वी पृतना हेडक्वार्टरहरुको निरीक्षण गरेका छन् ।
उनले मंगलवार हिजो महोत्तरी स्थित मध्य पूर्वी पृतना हेडक्वार्टर र सुनसरी स्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण गरेका हुन् ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतनाहरुको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
