काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले प्रत्येक महिना १ र १५ गते गर्ने नियमित सरुवाअन्तर्गत आज (बुधवार) केही अधिकारीहरूको सरुवा हुन लागेको हो।
प्रशासन सिंहदरबार विशेष ब्यूरोलाई प्राप्त जानकारीअनुसार करिब डेढ दर्जन उपसचिव र तीन दर्जनभन्दा बढी शाखा अधिकृतहरूको सरुवा गरिने तयारी छ।
अघिल्ला वर्षहरूमा रस्साकस्सीका बीचमा हुने सरुवा प्रक्रियालाई अहिले निश्चित मितिमा सीमित गरिएपछि केही हदसम्म भीडभाड कम भए पनि शक्ति संघर्ष र पहुँचको दबाब भने यथावत रहेको कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार सरुवामा राजनीतिक हस्तक्षेप अझै पनि प्रमुख रुपमा देखिने गरेको छ।