७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक सम्पदा अध्ययन गर्न इटालियन विज्ञको टोली नेपालमा

अ+ अ-

काठमाडौँ। हेरिटेज ईन्टरनेशनल ईन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् ।

ऐतिहासिक तथा सम्पदा क्षेत्रको निरीक्षण गर्दै इटालिन विज्ञहरूले यहाँको सांस्कृतिक सम्पदाबाट दंग र प्रभावित भएको बताएका छन् । उनीहरू विभिन्न प्रमुख तीन कार्यक्रममा सहभागी भए ।

पहिलो दिन पनौतीमा भएको अन्तरक्रियामा नगरपालिका प्रमुख रामशरण भण्डारीले आफ्नो क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्ने प्रयास भइरहेको बताए । पनौतीलाई विश्व सम्पदामा समावेश गर्न एसर नेपालका प्रतिनिधिले प्राज्ञिक क्षेत्रमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

दोस्रो दिन इटालियन टोलीले राष्ट्रिय संग्रहालय छाउनीसँग सहकार्य गर्ने प्रतिबद्धता गरेको छ । दुवै संस्थाको सहकार्यमा सङ्ग्रहालयमा दृष्टिविहीनका अवलोकन योग्य बनाउन सहकार्य गर्ने छलफल भएको थियो ।

सङ्ग्रहालयमा राखिएका काप्सनलाई इटालियन, नेपाली र अंग्रेजी भाषाका ब्रेल लिपिमा सूचीकरण गर्ने र दृष्टिविहीनले स्पर्श गरेर सम्बन्धी सामग्रीको जानकारीप्राप्त गर्न डेमो बनाउने पक्षमा छलफल भएको छ ।

तेस्रो दिन त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय विभाग र नाथमको सहकार्यमा अन्तर्राष्ट्रिय कन्फरेन्स आयोजनामा इटालीको टोलीबाट डा. फलाभिया ओर्साती, प्रो. जिआनलुका फिरिन्चिलुची र डा. जिओर्गिओ मारिनेलीले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रा. डा. त्रिरत्न मानन्धर र डा. सुरेशसरश श्रेष्ठले नेपालबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्रि.वि. मानविकी संकायका डीन प्रा.डा. दुविनन्द ढकाल, प्रा.डा. पेशल दाहाल, सौभाग्य प्रधानांग, विभागीय प्रमुख डा. महेश आचार्यले आ-आफ्नो मन्तव्य राखेका थिए । सम्पदासम्बन्धी कन्फरेन्समा ५ वटा इटाली र ३ वटा नेपालबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यसैबिच, हेरिटेज इन्टरनेशनल इन्स्टिच्युटले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको निकट भविष्यमा पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न आधिकारिक नामांकन बोसियर तयार गर्न सक्रिय रूपमा सहयोग गर्ने जनाएको छ ।

पनौतीको असाधारण सांस्कृतिक र ऐतिहासिक महत्वलाई आगामी सेप्टेम्बरमा कामलाई अगाडि बढाउन थप मिसन सञ्चालन गर्ने योजना घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस