२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको झलनाथको दाबी, सरकार कानमा तेल हालेर बसेको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक्न माग गरेका छन्। भारतीय पक्षले करिब ४० रोपनी नेपालको भूमिलाई एकलौटी ढंगले कब्जा तटबन्ध बनाइरहेको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूमि नेपालकै नाप नक्सामा रहेको छ। त्यसैले दार्चुलाको खलंगास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भू-भाग नेपालको हो भन्दाभन्दै, तथ्यका आधारमा दाबी गर्दागर्दै, स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भू-भागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ।’

नेपालको उक्त अभिन्न भू-भागमाथि स्थानीय जनता र प्रशासनको समेत बेवास्ता गरेर भारतीय पक्षबाट त्यहाँ ठाडै सीमा अतिक्रमण गरिरहेको अवस्था रहेको उल्लेख गरे।

यस घटनाका बारेमा स्थानीय प्रशासनले संघीय सरकारलाई सुसूचित समेत गरिसकेको भए पनि अहिलेसम्म सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।

विज्ञप्तिमा भनिएको छ, ‘यो आफ्नै देशको भूभाग र सिमाना प्रति सरकारको घोर लापरबाही हो। त्यसैले गर्दा उक्त सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ र त्यहाँका जनता आफै प्रतिरोधमा उत्रने अवस्था आउन थालेको छ। यस्तो अवस्थामा सरकारले तुरुन्त केन्द्रीय नाप जाँच टोली उक्त सीमा क्षेत्रमा पठाओस्। हाम्रो सिमानालाई वैज्ञानिक रूपले प्रष्ट पारोस्। भारतीय पक्षसँग आवश्यक कूटनीतिक वार्ता गरोस्।’

त्यहाँ भइरहेको तटबन्ध निर्माणको कार्यलाई अविलम्ब रोक लगाएर स्थानीय जनता, प्रशासन र जनप्रतिनिधि समेतलाई पूर्ण रूपले संलग्न र सुसूचित गरी नेपाली भू-भागको रक्षा गर्न आग्रह गरेका छन्।