काठमाडौँ । राज्यविरुद्धको कसुरमा पक्राउ परेका २४ जनालाई अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
चैत १५ गते काठमाडौँको तीनकुने भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका २४ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले बुधबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
दुर्गा प्रसाईँ, रवीन्द्र मिश्रसहित २४ जनामाथि प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।
पुष्कर खतिवडा, गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु चौलागाईं, मनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, दीपक खड्का लगायतलाई हिरासतमा राख्न म्याद थप भएको हो।