१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ’: अर्थशास्त्री प्याकुरेल

अ+ अ-

काठमाडौँ । अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताएका छन् । 

इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यु: दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

स्थिरता र वित्तीय समावेशीकरण नीतिगत समाधानको रूपमा अनुसन्धान शीर्षकमा आयोजित बहस सत्रमा अर्थशास्त्री प्याकुरेलले भने, “वित्तीय पहुँच र समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको महत्त्व औँल्याउँदै दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको छ ।”

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी, काठमाडौँ फिनटेकका संस्थापक डा. सञ्जीव सुब्बा लगायत उपस्थित बहस सत्रले नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरण र स्थिरताको भूमिका स्पष्ट पार्दै नीतिगत दिशानिर्देशहरू तयार पार्न महत्त्वपूर्ण सुझावहरू प्रदान गरेको छ । 

त्यस अवसरमा, इम्बार्क कलेजका प्रिन्सिपल डा. स्टिफन ड्रिभर, कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा र अनुसन्धान मार्फत् दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस