२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुने गरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सशस्त्र द्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उनले भनिन्, “हामीले पीडित परिवारलाई चित्त बुझ्ने गरी, न्याय हुने गरी खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो? भन्ने कुरा पत्ता लगाएपछि पीडितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफारिस गरिन्छ ।”

उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१’ बमोजिम विनियमावलीको निम्ति प्रारम्भिक मस्यौदा तयारी भएको जानकारी दिइन् । विनियिमावलीलाई सर्वमान्य बनाउन मस्यौदामाथि द्वन्द्वपीडित परिवारसँग छलफलपछि मात्रै पूर्णता दिने अध्यक्ष गडतौलाको भनाइ छ । 

“सङ्क्रमणकालीन न्याय भनेको पीडित केन्द्रित हुनुपर्छ, पीडितमैत्री हुनुपर्छ, सङ्क्रमणकालीन न्यायको भावनाअनुसार काम गर्ने हो, त्यसैले नियमावलीमा पीडितको सुझाव अनिवार्य छ”, उनले भनिन् ।

अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गर्दै अगाडि बढ्ने गरी आयोगले कार्य योजना पनि तयार गरेको छ । उनले भनिन्, “बेपत्तासम्बन्धी ऐनमा कार्यसमिति नियुक्त भएको तीन महिनाभित्र उजुरी दिन पाउने व्यवस्था छ, त्यो व्यवस्था बमोजिम हामीले सूचना प्रकाशन गरिसकेका छौँ, आउँदो भदौको ५ गतेसम्म म्याद छ, यो तीन महिनाभित्रमा उजुरी आएपछि न्यायपूर्ण ढंगले काम गर्ने योजना छ ।”

अध्यक्ष गडतौलाले २०८१ साल भदौमा ऐनको तेस्रो संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने गरी व्यवस्था गरिएको बताइन् । द्वन्द्वपीडित सुरक्षाकर्मी संघका अध्यक्ष हेमकुमारी घर्ती मगरले पीडित परिवारलाई न्याय हुने गरी काम गर्न आग्रह गरिन् ।