२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री यादव आफैले ल्याएका इन्जिनियर साह ‘डबल स्पष्टीकरण’ पछि मन्त्रालयबाटै आउट !

अ+ अ-

आफैँले छानेर ल्याएका इन्जिनियरलाई दुई स्पष्टीकरण सोधेर र ४६ दिन जिम्मेवारीविहीन राखेर मन्त्रालयबाट किन बाहिर निकाले त खानेपानी मन्त्री प्रदिप यादवले ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत इन्जिनियर दिपेन्द्र कुमार साहलाई २०८१ मंसिर २१ गते विदेह नगरपालिका, धनुषामा कामकाजका लागि खटायो । 

२०८१ फागुन ५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै विदेह नगरपालिका, धनुषाबाट खानेपानी मन्त्रालयमा सरुवा गर्‍यो । र, फागुन १८ गते खानेपानी मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा पदाधिकार रहने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिई खटायो । 

२०८१ चैत्र २८ गते सचिव स्तरीय निर्णयबाट निमित्त आयोजना प्रमुखको जिम्मेवारी खोसेर विभागमै तत्काल हाजिर हुन भनियो । र, ४६ दिनपछि अर्थात् जेठ १२ गते पुनः राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरवारमा सरुवा भएको पत्र थमाइयो । यही बिचमा उनलाई खानेपानी मन्त्री प्रदीय यादवको निर्देशनमा सचिव प्रमिला देवी शाक्य बज्राचार्यले वैशाख १९ गते पहिलो स्पष्टीकरण र जेठ ८ गते थप स्पष्ट गर्न भन्दै अर्को स्पष्टीकरण सोधिन् । 

मंसिरदेखि जेठसम्मको सात महिना अर्थात् उनको सरुवा भएको मितिले भन्नुपर्दा एक सय ७२ दिनमा पाँच पटक सरुवा गरिएको छ । जसमध्ये खानेपानी मन्त्रालयमा रहँदा ४६ दिन त जिम्मेवारी नै नदिई राखियो । सो अवधिमा एक पटक १५ दिने र अर्को पटक तीन दिने स्पष्टीकरणको काम दिइयो । 

विदेह नगरपालिकामा मेयर बेचन दास बाहिर रहेका बेला एक महिला शिक्षकलाई हाजिर गराएको विषयमा मेयरका छोरा राम भजनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात गरेका थिए । त्यसपछि मेयरले नियुक्त गरेका ८० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेपछि साह चर्चामा आएका थिए । त्यसको केही समयमै खानेपानी मन्त्री प्रदिप यादवले नै उनलाई जनकपुर आयोजनाको प्रमुख बनाउन सरुवा गराएर ल्याएका थिए ।

निमित्त दिई पठाएको केही दिनमै ‘आफूले भनेको काम नगरेको’ भन्दै तिनै मन्त्री यादवले जिम्मेवारीबाट मात्रै झिकेनन्, महिनौँसम्म कामै नदिई दुई दुई पटकसम्म स्पष्टीकरण सोधेर पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत खानेपानी मन्त्रालयबाटै आउट गराएका छन् । 

यसबाट पनि स्पष्ट हुन्छ कि मन्त्री यादवले निहित ‘इन्ट्रेष्ट’ पुरा गराउन सहसचिवको दरबन्दी रहेको जनकपुर आयोजनामा दुई तह मुनिका इन्जिनियरलाई निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिई पठाएका थिए तर ‘कानुनतः नमिल्ने काम आफूले गर्न नसक्ने’ इन्जिनियर साहको अडानपछि उनलाई सकेजतिको दु:ख दिएर अन्ततः मन्त्रालयबाटै बाहिर पठाइएको छ । 

खानेपानी मन्त्री यादवले आफ्ना मान्छेलाई ७ करोडको ठेक्का नदिँदा जिम्मेवारी खोसेको भन्दै निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साहले छानबिन तथा कारबाहीका लागि प्रधानमन्त्री, मुख्यसचिवदेखि अख्तियारसम्मै निवेदन दिएका थिए । डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीका मान्छे पर्सा निवासी एजाज बाबु राँठीलाई उपभोक्ता समितिमार्फत दिन नमानेपछि आफूलाई सरुवा गरेको दाबी गर्दै साहले मन्त्री यादवबाट आफू असुरक्षित रहेको भन्दै गृहमन्त्रीसमक्ष सुरक्षाको समेत माग गरेका थिए । 

यही विषयलाई लिएर प्रतिनिधिसभामा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले संसदीय समिति गठनको माग समेत गरेका थिए । 

इन्जिनियर साहको विषयमा मन्त्रालयको धारणा लिन खोज्दा मन्त्री यादव र सचिव ई. प्रमीला देवी शाक्य बज्राचार्यले फोन उठाएनन् ।