२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन

अ+ अ-

काठमा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसङ्ख्या ओगटेका आदिवासी जनजातिको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिएका छन् । 

प्रतिष्ठानको २५औँ सञ्चालक परिषद्को बैठकमा आज मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचीकरणको विषय निकै जटिल र पेचिलो भएको बताए । 

हुम्लो समुदायलाई आदिवासी जनजातिभित्र सूचीकृत गर्ने विषय लामो समयदेखि छलफलमा रहेको सुनिएको भन्दै मन्त्री गुप्ताले सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरिने बताए ।

प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको गुनासोमा मन्त्री गुप्ताले प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए ।

प्रतिष्ठानका सह–अध्यक्षसमेत रहेका मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृत्तिविकाससँग जोडिएको  नियमावली र विनियमावली संशोधनका लागि अध्ययन गरी पेस गर्न मन्त्रालयका सम्बद्ध अधिकारीलाई निर्देशन दिए । 

बैठक मंगलबार सम्पन्न हुने परिषद्ले जनाएको छ ।