२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डले सुरु गर्‍यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट-बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो ।

काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल र नेपाल एयरलाइन्ससहित अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको तीन दिने मार्ट आज सम्पन्न हुँदैछ । नेपालका पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको बताएका थिए ।

कार्यक्रममा विशेषता ट्राभल एजेन्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरिएको छ । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरूलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुंगा हुने विश्वास व्यक्त गरे । उनले भने, “युएनडिपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौँ, हामी दिगो, समावेशी र पेसागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौँ ।”

‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट-एसटिपी’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको ‘इ–लर्निङ प्लेटफर्म स्पेसलिस्ट बेसिक लेभल’मार्फत नि:शुल्क रूपमा प्रदान गरिने जनाइएको छ ।

अनलाइन पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् ।

नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको बोर्डले जनाएको छ । यसै सन्दर्भमा बोर्डले युएनडिपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले दुई हजार ५०० रोजगारी सिर्जना गर्ने तथा पाँच हजारलाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको जनाएको छ ।

विशेष गरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमा पूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ । परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउने बोर्डको विश्वास छ ।