काठमाडौँ । तीन जना सहसचिवहरूको सरुवा भएको छ । जेठ १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सहसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवद्वय राम पराजुली र शंकर बुढाथोकीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशमा कार्यरत सहसचिव रुद्र प्रसाद अधिकारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ ।







