२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासचिव पोखरेलको जिकिर-‘एमालेविरुद्ध चौतर्फी घेराबन्दी छ’ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भइरहेको बताएका छन्। 

बिहीबार भक्तपुरमा बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै उनले नेतृत्वविरुद्ध फैलाइएको भ्रमलाई चिरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘अहिले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको छ। यसलाई चिर्न अत्यावश्यक छ। हामीले संगठन, विचार र जनसम्पर्कलाई अझ सबल बनाउँदै जनताबीच सत्य सन्देश पुर्‍याउनुपर्छ ।’ 

उनले पार्टीविरुद्ध कसले भ्रम फैलाएको पहिचान गर्नुपर्ने धारणा राखे। उनले भने, ‘नेकपा एमाले जनतामाझ गहिरोसँग भिजेको पार्टी हो। एमालेजस्तो देश र राष्ट्रवादी शक्ति रहेको विदेशीलाई पनि मन परेको छैन। उनीहरूसमेत एमालेविरुद्ध भ्रम छर्न एजेन्डा  सेटिङ गरिरहेका छन्, भ्रम फैलाइरहेका छन्। हामीले कस्ता व्यक्ति एमाले कमजोर बनाउन लागेका छन् त्यो बुझेर अगाडि बढ्नुपर्छ।’

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन लागिरहेको बताए। उनले एमालेको नेतृत्व रहँदा देशमा तीव्र विकास भइरहेकाले विपक्षीलाई मन नपरेको उल्लेख गरे। राजनीतिक स्थिरता नहुँदा एमालेले सोचेजस्तो विकास हुन नसकेको उनको दाबी छ।

पार्टीको सुदृढीकरणका लागि जनतासँग सिधा संवाद र भ्रमको चिरफार अत्यावश्यक रहेको उनको भनाइ छ। ‘प्रचारको काममा नेतृत्व गर्नेहरू धेरैभन्दा धेरै अपडेट हुनुपर्छ। भ्रम चिर्ने जिम्मेवारी नेतृत्व र पार्टी निर्णयको हो। त्यसलाई बुझेर प्रचारको दिशा तय गर्नुपर्छ,’ पोखरेलले भने।

पोखरेलले पार्टीलाई सहयोग पुग्ने गरी गहिरो विश्लेषण र यथार्थमा आधारित कन्टेन्टसहित प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले राजावादीहरूको आन्दोलनबाट डराउनुपर्ने अवस्था नभएकाले प्रतिगामी एजेण्डाको विरोध गर्नुपर्ने धारणा राखे। उनले संवैधानिक व्यवस्था र जनताले रोजेको गणतान्त्रिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताए।