२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले भन्यो-‘अध्यक्ष नेपालविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ ।

पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् ।

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’

पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको षड्यन्त्र भनेको हो ।

विज्ञप्तिमा भुसालले पार्टी अध्यक्षले नै कुनै कमजोरी नगरेको बताएको भन्दै कानुनी प्रक्रियाको सामना गर्ने स्पष्ट पारेका छन् ।

‘यस घटनालाई स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपालले नबिराउनु, नडराउनु भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गर्नु भएको छ । र, त्यसरी नै कानुनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पङ्क्ति र जनसमुदायलाई अनुरोध गरिन्छ ।’