२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयक अड्किए’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनलाई सहज रूपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवसका सन्दर्भमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सदन चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न नसक्ने देखिएकाले सदनलाई सहज रूपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका हुन्।

उनले संसद् चल्न नसक्दा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐनलगायत ऐन अड्किएर बसेको उल्लेख गरे।

महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाउन तल्लीन रहे पनि अहिले संसद नै सञ्चालन हुन नसक्ने अवस्था उत्पन्न भएको उनले बताए।

त्यस्तै सभामुख घिमिरेले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि आवश्यक नीति निर्माण गर्दै विश्व जगतको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।