२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाका किसानलाई जैविक मल वितरण

अ+ अ-

जुम्ला । जिल्लास्थित कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल वितरण गरेको छ । किसानको मागअनुसार कार्यालयले जैविक मल वितरण गरेको हो ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले यही जेठ १८ गतेदेखि किसानलाई अनुदानमा प्राङ्गारिक जैविक मल वितरण गरिएको बताए। उनका अनुसार हालसम्म हालसम्म १५ हजार ४५० क्विन्टल मल एक सय २६ जनालाई वितरण गरिसकिएको छ ।

प्रमुख अधिकारीले भने, “सबै कागजात पुगेका किसान, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा प्रतिकिसानलाई ५० किलोका दरले मल वितरण गरिरहेका छौँ ।” उनका अनुसार चार हजार ३५० क्विन्टल मल मौज्दात छ ।

स्याउ बिरुवा, अन्नबाली, तरकारी खेतीमा आवश्यक पर्ने मल अनुदानमा पाउँदा किसानलाई राहत पुगेको चन्दननाथ नगरपालिका–६ का स्थानीय गणेश रावलले बताए । “पटकपटक जैविक मलको खोजी गर्दा पनि पाइएको थिएन । अन्नबाली, फलफूल र तरकारी खेतीका लागि जैविक मलको उपयुक्त मानिने भएकाले यसको प्रयोगमा जोड दिएका हौँ”, उनले भने । 

मल लिन कार्यालयले सात दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा उल्लेखित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिँदै आइएको कार्यालयले जनाएको छ । जैविक मल वितरण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख ८० हजार रकम विनियोजन भएको कृषि विकास कार्यालयले जनाएको छ । 

रासायनिक मल र विषादी प्रयोग भइरहेको जनगुनासो बढेकाले जैविक मल उपलब्ध गराइएको कार्यालय प्रमुख अधिकारीले बताए। रैथाने उत्पादन वृद्धि गर्न, जैविक मलको प्रयोग बढाउन, विषादीको प्रयोगलाई रोक्न र अर्ग्यानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिएको कार्यालयले जनाएको छ । विसं २०६४ मा १४औँ जिल्ला परिषद्ले जुम्लालाई अर्ग्यानिक जिल्ला घोषणा गरिसकेको छ ।