२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

अ+ अ-

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ भने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको कर कट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको उनले जानकारी दिए। निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ ।

जिल्लामा १० हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो । उनले भने “करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।” कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातालाई पुर्‍याउनुपर्ने समय आएको उनले बताए ।

विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।