काठमाडौँ । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका-४ का २४ वर्षीय साजन वाइबा रहेका छन् । आइतबार बिहान ९स्३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा सुनकोशी नदीले बगाएर उनको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटले जनाएको छ ।







