२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह

अ+ अ-

पर्सा । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो ।

कार्यालयले चोक-चोकमा र विद्यालय-विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको छ । ट्राफिक सप्ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एक दिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताए । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन”, उनले भने, “ट्राफिक नियमको पालना सामूहिक रूपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।”

नगरप्रमुख सिंहले एक अर्को निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रूपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताए । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताए ।

“सवारी दुर्घटनामा परेर अकालमै मृत्यु हुनेको तथ्यांक बढेको छ । त्यसैले सरोकारवाला निकायले समन्वय गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उनले भने । पर्सामा चालु आर्थिक वर्षको जेठ २७ गतेसम्ममा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा पूर्वाधार नहुँदा काम गर्न अप्ठेरो परेको गुनासो गरे । “सडकमा अत्यावश्यक संरचनाको अभाव छ । जसका कारण ट्राफिक प्रहरी एक्लैले सबै समस्या समाधान गर्न सक्ने अवस्था छैन”, उनले भने, “वीरगञ्ज महानगरलगायतका स्थानीय सरकारले सडकमा आवश्यक बत्ती र अन्य सडक फर्निचरको प्रबन्ध मिलाइदिने हो भने ट्राफिक व्यवस्थापनमा धेरै सहज हुने थियो ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज भट्टले सप्ताहव्यापी अभियानअन्तर्गत पर्साका चोक-चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको जानकारी दिए ।

यातायात व्यवसायीको तर्फबाट जगतसाह कानुले यस्ता रचनात्मक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउने बताए । ट्राफिक जनचेतना कार्यक्रममा विद्यार्थीहरूको सहभागिता थियो ।