काठमाडौँ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख विपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । भेटमा दाहालले सदनको अवरोध आजै खुलाउनेबारे सभामुख घिमिरेलाई बताए ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र विपक्षी दलहरूसँग छलफल गरेपछि दाहालले सभामुखलाई भेटेका हुन् । भेटमा सभामुखले संसद् बस्न नसकेकाले बजेट ल्याउन ढिला भएको बताएका थिए । उनले संसद्कै कारण निजामती र नागरिकता विधेयकमा समस्या भएको पनि बताए ।
माओवादी अध्यक्ष दाहालले भने सहमतिका विषयमा आफूले प्रयास गरिरहेको भन्दै विपक्षी दल बसेर सत्तापक्षसँग छलफल गर्ने र यस विषयमा आफू गम्भीर भएको बताए ।
बिहीबार तीन बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिए पनि संसद् बस्न सकेको छैन ।







