काठमाडौँ । नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘अहिलेको जिओपोलिटिक्सले गर्दा डेभलेपमेन्ट एड कम हुन्छ कि भन्ने आशंका छ,’ उनले भनिन् ।
यस्तो अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल चलिरहेको उनले बताइन् ।







