२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

अ+ अ-

काठमाडौँ । सिरहा जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियानमा सफलता हासिल गर्दै तीन छुट्टाछुट्टै कारबाहीमा सात जनालाई पक्राउ गरेको छ । 

यस क्रममा खैरो हेरोइनसहित, धारिलो हतियार र लागुऔषध सेवनमा प्रयोग हुने उपकरणहरू पनि बरामद भएका छन् ।

प्रहरीका अनुसार, पहिलो घटनामा जेठ २७ गते राति गोलबजार नगरपालिका-४, क्याम्पस चोकबाट २० वर्षीय राकेश कुमार महतोलाई शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।

त्यसैगरी जेठ २८ गते साँझ, सोही वडाको क्याम्पस चोकस्थित एक डेरा कोठाबाट गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा अर्नामा गाउँपालिका-०३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-०८, कसहाका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका-१ का १८ वर्षीय प्रदीप कुमार यादव रहेका छन् ।

उनीहरूको कोठाबाट ०.९७० मिलिग्राम खैरो हेरोइनका साथै एउटा धारिलो चक्कु र गाँजा सेवन गर्ने वाटर गन बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी जेठ २८ गते दिउँसो गोलबजार नगरपालिका-५ मा भएको थियो। लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४ वर्षीय बिमल कुमार महतो, २२ वर्षीय बिपेन कुमार साह र एक जना नाबालिगलाई पक्राउ गरेको छ। बिपेन कुमार साहको साथबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन भेटिएको थियो। सोधपुछका क्रममा उनीहरूले उक्त लागुऔषध बिमल कुमार महतोबाट खरिद गरेको बयान दिएपछि बिमलको घर खानतलासी गर्दा थप ४०० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।